जानकारी

केरामा टिस्युकल्चर विधि

चितवन। जिल्लामा फस्टाउँदै गएको केराखेतीमा गएको वर्ष नयाँ प्रकारको रोग भेटियो । बोट पहँेलो हुँदै जाने, गुबो कुहिने र बोट सुक्दै जाने खालको नयाँ प्रकारको रोग देखापरेपछि कृषि विज्ञहरुले टिस्युकल्चर गरेको केराको बिरुवा रोप्न सुझाव दिए । अहिले जिल्लामा १० जना किसानले करिब एक बिगाहा क्षेत्रमा यो विधिबाट निकालिएको बिरुवालाई प्लास्टिक बिछ््याएर त्यसको बिचमा प्वाल […]

मनसुनमा गत वर्षभन्दा बढी वर्षा हुने

काठमाडौँ।  यो वर्षको मनसुनमा गत वर्षभन्दा बढी वर्षा हुने विज्ञहरूले बताएका छन् । मनसुन अवधिमा पूर्वमा भन्दा पश्चिममा बढी वर्षा हुने पनि मौसमविद्हरूको प्रक्षेपण छ । ‘पूर्वी क्षेत्रमा भन्दा सुदूरपश्चिममा औसतभन्दा बढी मनसुनी वर्षा हुने अनुमान छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, ‘अरू ठाउँमा सरदरमा जति वर्षा हुने हो त्यही अनुपातमा […]

कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा

म्याग्दी । बेनी नगरपालिका– १३ तातोपानीमा कृषि उपज सङ्कलन तथा बिक्री वितरण केन्द्र सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सो केन्द्र सञ्चालनमा आएको हो । स्थानीय कृषकले उत्पादन गरेको तरकारी, फलफूल र पशुजन्य वस्तुको सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालन गरिएको संस्थाकी सचिव मीना खत्रीले बताउनुभयो । […]

चौँरीगाईको दूध बेचेर लखपति बन्दै

रसुवा। चौँरीगाईको दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म कमाइ हुन्छ भन्ने कुरा धेरै मान्छेलाई पत्यार नलाग्न सक्छ । तर जिल्लाको गत्लाङका किसान चौँरीगाईको दूध बेचेर लखपति भएका छन् । चौँरीगाई नेपालको आफ्नै विशिष्ठ खालको गाई हो । हिमाली क्षेत्रको पठारमा चौँरीगाई पालिन्छ । हिमाली क्षेत्रका किसानले चौँरीगाईलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । […]