अर्थ/बजार

कर्णालीमा ९२ हजार क्विण्टल चामल अपुग

सुर्खेत। कर्णाली प्रदेशका २७ डिपोमा ९२ हजार क्विण्टल चामल अपुग भएको छ । दुर्गम तथा हिमाली क्षेत्रका लागि चामल उपलब्ध गराउँदै आएको नेपाल खाद्य संस्थानले चालू आर्थिक वर्षमा ९२ हजार क्विण्टल चामल अपुग देखिएको जानकारी दिएको हो । नेपाल खाद्य संस्थान सुर्खेतका प्रमुख भिमबहादुर थापाले चालू आवमा स्वीकृत कोटा ४२ हजार ४० क्विण्टलमा ४१ हजार […]

नेपाली डेरी उद्योगलाई थला पार्न भारतीय डेरी उद्योग नेपाल भित्र्याइदैं

काठमाडौं। भारतीय दुध कम्पनी आमुलले नेपालमा प्लान्ट खोल्ने विषयले नेपालका डेरी व्यवसायीमा तरंग सृजना गरिरहँदा नेपाल कांग्रेसका महामन्त्री सशांक कोइरालाको ५१ प्रतिशत शेयर रहेको खुलसा भएको छ । नेपाली पार्टनरका रुपमा कोईरालको ५१ र अमूलको ४९ प्रतिशत शेयर नेपाल भित्रने अमुलमा रहने छ । नेपालमा कृषिजन्य उत्पादन पोल्ट्री फार्म, माछापालन, मौरीपालनमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबन्ध […]

रानीखेत रोगविरुद्धको ट्याब्लेट उत्पादन हुने

काठमाडौं। कुखुरामा विभिन्न प्रकारका रोग फैलन नदिन रानीखेतविरुद्धको भ्याक्सिन उत्पादन हुने भएको छ । कुखुराका लागि भ्याक्सिन उत्पादन गर्ने नेपाली कम्पनी बायोभ्याकले सो भ्याक्सिन उत्पादन गर्न लागेको हो । ‘कुखुरालाई कुनै पनि रोग नलागोस् भन्ने उद्देश्यले हामीले रानीखेत नामक भ्याक्सिन उत्पादन गर्न लागेका हौँ,’ सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) का कार्यकारी निर्देशक दिवेश कर्माचार्यले भने । उनले […]

यार्सागुम्बा संकलन शुरु, विद्यालय तीन महिनाका लागि बन्द

बझाङ। बझाङ जिल्लाको सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौं विद्यालय बन्द भएका छन् । यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न […]

२ सय प्रतिशत नाफा खाने तरकारीका बिचौलियामाथि एक्सनको तयारी

काठमाडौं। यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाएर वाहवाही पाएको सरकारले तरकारीमा रहेको सिन्डिकेट हटाउने अभियान शुरु गर्न लागेको छ । तरकारीमा रहेका दलालकै कारण किसान र उपभोक्ता दुवैलाई मर्का परेको भन्ने निष्कर्षका साथ अब दोस्रो चरणमा तरकारीको सिन्डिकेट हटाउन लागेको हो । किसानले वर्ष दिनको मेहनतलाई एकै झट्कामा सिन्डिकेटवाला बिचौलियाले कम मूल्य दिएर ठग्ने गरेका छन् […]

उकालो लाग्यो अन्डाको मूल्य

चितवन। अण्डाको मूल्य नपाएको भन्दै लामो समयदेखि चिन्तित बनेका चितवनका किसानमा पछिल्लो समयमा भने केही खुसियाली छाएको छ । केही हप्तासम्म सुस्ताएको अण्डाको मूल्यमा अहिले वृद्धि भएपछि किसानमा केही खुसियाली छाएको हो । अहिलेको मूल्य वृद्धि सन्तोषजनक अवस्था रहेको नेपाल पोल्ट्री व्यवसायी मञ्च चितवनका कार्यकारी निर्देशक शिवप्रसाद बरालले बताउनुभयो । अहिले किसानका हातमा प्रतिक्रेट अण्डाको […]

हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

रत्ननगर। चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ। प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए । “अहिलेसम्म साढे ४२ करोड […]

कृषिमा परनिर्भरता बढ्दै,चालू आवमा जीडिपीमा योगदान २७% मात्रै कायम हुने अनुमान

काठमाडौं। कृषिप्रधान मुलुक भनेर चिनिने नेपालको कूल गार्हस्थ उत्पादनमा पछिल्लो समयमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । चालू आर्थिक वर्ष २०७४/७५ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडिपी) मा कृषि तथा वन क्षेत्रको योगदानमा कमी आउने प्रक्षेपण गरिएको छ । गत आव २०७३र७४ को तुलनामा चालू आवमा जीडीपीमा यस क्षेत्रको योगदान १ दशमलव १५ प्रतिशत […]

शुक्रबारदेखि हर्ब्स आयुर्वेदा एक्स्पो

काठमाडौं। नेपाल हर्ब्स  तथा हर्बल उत्पादक संघले सातौ नेपाल हब्र्स आयुर्वेदा एक्स्पो, २०१८ आगामी शुक्रबारदेखि आयोजना गर्ने भएको छ । यसअघि नेपाल उद्योगबाणिज्य महासंघसँग सह–आयोजक भएर अन्तर्राष्ट्रिय ब्यापार मेलामा प्रर्दशनी गर्दै आएकोमा यस बर्षदेखि संघ आफैले यो मेला आयोजना गर्न लागेको हो । ‘अमृत जडीबुटी तपोभूमीको सकल्प, प्रयोग गरौ आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी […]

चिया दिवसमा भोजपुरको चिया

भोजपुर। राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्थाले एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पुर्याउने लक्ष्य रहेको जानकारी दिए । पूर्व […]