तनहुँ। कृषि जोन केन्द्र तनहुँले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्राङ्गारीक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि तनहुँ, नवलपरासी (बर्दभाट सुस्ता पूर्व ) जिल्लाका कृषक, कृषक समूह, कृषि सहकारी , कृषि फार्म ,कृषि कम्पनी , प्रशोधन कर्ता , होम स्टे संचालक एवं सामुदायीक बीउ बैक पनि सहभागि हुन सक्ने छन् ।

रैथाने बाली सम्बन्धी कार्यक्रम अन्र्तगत :
१. रैथाने बाली तथा स्थानीय लोपउन्मुख जातको बीज वृद्धि कार्यक्रम
२. समूह, सहकारी र बीउ बैंकमार्फत प्रर्दशनी व्लक स्थापना काकर्यक्रम
३. कृषक खेतबारीमा जातिय प्रर्दशन र छनोट कार्यक्रम
४. रैथाने बालीका परिकार बजारीकरण लागि प्याकिंग तथा लेबलिंगमा अनुदान
५. रैथाने बालीका उत्पादन बिक्री कक्ष स्थापना सहयोग
६. जैविक विषदी खरीदमा अनुदान
७. भर्मि कम्पोष्ट / भकारो सुधार अनुदानमा सहयोग
८. रैथाने / स्थानीय बालीको व्यवसायीक उत्पादन लागि प्रागांरिक मल कृषि यन्त्र र बीउ खरीदमा अनुदान

प्राङ्गारीक उत्पादन कार्यक्रम अन्र्तगत :
१. समूह, सहकारीका लागि खुल्ला जमिनमा प्राङ्गारीक उत्पादनमा अनुदान
२. एकम फर्मको लागि खुल्ला जमिनमा प्राङ्गारीक उत्पादन अनुदान
३. प्राङ्गारीक उत्पादनको लागि प्लाक्ष्टिक घर विस्तार अनुदान
४. प्राङ्गारीक उत्पादनको लागि प्लाष्टिक घर सुधार कार्यक्रम
५. प्राङ्गारीक खेती परिक्षण कार्यक्रम
६. on farm organic out lay निर्माण सहयोग

थप जानकारीका लागि :
०६५ – ५६०१३०
०७८ – ५४११५४