ललितपुर। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ ले चितवन, रामेछाप, सिन्धुली र काठमाडौं जिल्लामा साझेदारीमा नमूना गाईपालन कार्यक्रम कार्यन्वयन गर्ने भएको छ ।

आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त कार्यक्रम संचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । यसका लागि ईच्छुक दुग्ध सहकारी र नीजि क्षेत्रले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्नु पर्ने छ ।

कार्यक्रम सम्बन्धी विस्तृत जानकारीको लागि पशुपन्छीं तथा मत्स्य निर्देशनालय हेटौंडाको फोन नं ०५७ – ५२४३१९ अथवा ०५७ – ५२४२५४ मा सम्पर्क गर्न सकिने छ ।

सूचना हेर्नुहोस :