चितवन। भरतपुर महानगरपालिका आर्थिक विकास महाशाआ , कृषि तथा पशुपन्छीं व्यवसाय प्रर्वद्धन शाखा पशु सेवा तर्फको आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भरतपुर महानगरभित्रका किसानलाई समेटि अनुदान कार्यक्रम संचालन हुने भएको छ ।

यसका लागि महानगरपालिकाले सूचना जारी गरी महानगरभित्रका कृषक, व्यवसायी, फार्म , उद्यमीलाई ३० दिन भित्र प्रस्तावना पेश गर्न आव्हान गरेको छ ।

संचालन गरिने कार्यक्रमहरु :
१. प्रति लिटर दूधमा रु. १ अनुदान
२. Total Mixed Ration (TMR) मेशिन वितरण
३. घाँस काट्ने र प्याकिङ्ग गर्ने मेशिन
४. युवा लक्षित कार्यक्रम  (बाख्रा ७ , बंगुर ३ )
५. मिल्किङ्ग मेशिन वितरण
६.यूरिया मोलासेस मिनरल ब्लक बनाउने मेशिन
७. स्टेनलेस स्टिलको दुध क्यान वितरण
८. इलेक्ट्रिक च्यापकटर वितरण
९. काउम्याट वितरण
१०ं. हिल ब्यारो वितरण
११. ५० प्रतिशत लागत साझेदारीमा नमुना फार्म स्थापना र संचालन