फलेवास। पर्वत फलेवास नगरपालिका ६ देविस्थानका कृषकहरुलाई प्लास्टिक टनेल विप्लास्टिक गरिएको छ ।

फलेवास नगरपालिकाको सहयोगमा देविस्थानका ८० जना कृषकहरुलाई निशुल्क प्लास्टिक टनेल वितरण गरिएको वडा अध्यक्ष भोलानाथ भुसालले जानकारी दिए । पहिला किसानलाई टनेल घर बनाउन लगाई कृषि शाखा प्रमुख र जनप्रतिनिधिको अनुगमन पश्चात टनेल घर बनाएका सबै किसानलाई प्लास्टिक वितरण गरिएको हो ।

कृषकले प्लास्टिक टनेलको सहि सदुपयोग गरि मौसमी तथा बेमौसमी अर्गानिक तरकारी उत्पादनमा जोड दिनुपर्ने भुसालले बताए । निशुल्क टनेल पाएपछि देविस्थानका कृषक खुसी भएका छन । कृषकहरूलाई कृषिमा आत्मनिर्भर र व्यवसायीक बनाउने उदेश्यले निशुल्क टनेल वितरण गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताए ।

कृषि क्षेत्रबाट नगरको समृद्धिको आधार तयार पारेको बताउदै नगरभित्रका बेरोजगार युवाहरुलाई बिदेश जान निरुत्साहित गर्दै आफ्नै गाउँठाउँमा कृषी पेशामा रमाउदै आत्मनिर्भर र व्यावसायिक गराउने नगरपालिकाको उदेश्य रहेको शर्माको भनाई छ । यसका लागि नगरपालिकाले आधुनिकीकरण, यन्त्रीकरण र विविधीकरणमा जोड दिएको उनको भनाई छ । नगरपालिकामा उत्पादित सम्पुर्ण कृषिजन्य बस्तुहरुको बजारीकरण गर्ने जिम्म नगरपालिकाले लिएको बताउदै उन्ले कृषकलाई गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गरे ।