प्याज मसाला बालीका रुपमा, सलाद खान, हरियो साग खान, अच खान प्रयोग हुने हिउँदे तरकारी बाली हो । यसमा स्टार्च, प्रोटान, भिटामिन सी आदि पोषक तत्वहरु पाईन्छ । प्याजलाई औषधीको रुपमा पनि प्रयोग गरी यसबाट दम, बाथ निको हुनुका साथै पाचन प्रकृया पनि सहयोग गर्दछ ।

हावापानी :
प्याजलाई समुन्द्री सतहबाट उच्च पहाडसम्म सफलतापूर्वक उत्पादन गर्न सकिन्छ । यसलाई वनस्पति वृद्धी ( बोट बढ्न ) हुन ठण्डा वातावरण र गानो बन्न अलि न्यानो वातावरण आवश्यक पर्दछ । यो बा हिउँदमा ( पुष–माघ ) जमिन माथिको भाग बढ्दछ भने जब फागुन लाग्दा र न्यानो वातावरण पाउँछ तब गानोको विकास भई गानो बढ्न थाल्दछ । यो बालीलाई १८–२२ तापक्रम राम्रो मानिन्छ ।

माटो :
प्याजलाई प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट खुकुलो माटो राम्रो हुन्छ । साथै पानी नजम्ने, सिंचाईको सुविधा भएको एज् मान ५.८– ६.५ सम्मको माटो सबैभन्दा राम्रो मानिन्छ ।

जातहरु :
एन–५३, रेड क्रिबल, पुसा रेड आदि । एन–५३ सबैभन्दा राम्रो हुन्छ

बिउदर : सेट (सानो गानो) ८०–१०के.जी. प्रति रोपनी ।

बाली लगाउने समय :
सेट (गानो) रोप्न श्रावणको अन्त्यदेखि भाद्रको अन्त्यसम्म बषोट समाप्त भईसकेपछि राम्रो हुन्छ । यदि वर्षाद नसिध्धीएरै अगा लगाउँदा ठूलो पानी परी बोट राम्रोसंग फैलिन पाउँदैन र रोगको प्रकोप बढी हुन्छ ।

बेमौसमी प्याज खेतीको लागि सेट उत्पादन गर्ने तरिका :
सेट भनेको सानो गानो नै हो । बेमौसमी प्याज खेती गर्न सेटबाट सजिलो र छिटो उत्पादन हुने हुनाले यो विधि बढी प्रभावकारी मानिन्छ । असोज देखि कात्र्तिक सम्म वा सधैंझैं प्याजको बिउ राख्ने समयमा बेर्ना उत्पादन गरी कात्र्तिक मंसीरतिर बेर्ना सार्न योग्य भएपछि वा सधैं झैं प्याज लगाउने मौसममा नै प्याज लगाउनु पर्दछ । यसरी प्याज लगाउँदा प्रशस्त प्राङ्गारिक मल  (४५– डोको प्रति रोपनी रासायनिक मल आवश्यकता हेरी ) राखी निर्धारित दुरीमा (बोट–बोट १० लाईन –लाईन १५ से.मी.) लगाउने ।

प्याज लगाई सकेपछि आवश्यकताअनुसार सिंचाई गर्दै राख्नु पर्दछ । प्याज रोपेको केही समय पछि वा प्याजको गाना बुढी औंला जत्रो भएपछि प्याजको जमिन माथिको भाग वा पात निमोठेर लठ्ठी वा खुट्टाको सहायताले थिचीदिने । थिचेको ५-७ दिनमा प्याज पहेंलो सुकेजस्तो देखिन्छ । यो अवस्थामा बोटहरु उखेलेर माटो हटाई साना साना मुठा बनाउने र यि मुठाहरुलाई सूर्यको प्रकाश नपर्ने प्रसस्त हावाखेल्ने छाँयामा झुड्याएर राख्ने यो नै यसको प्याज सेट हो । यिनै सेटलाई श्रावणको अन्त्यदेखि भाद्रको अन्त्य वा वर्षादको अन्त्य पानी नजम्ने ठाँउ खुकुलो माटो भएको ठाउँमा ड्याङ बनाई मौसमी प्याज लगाउने तरिका, सोही दुरीमा सोही विधी अनुसार नै रोप्ने ।

२–२.५ महिना पछि ति साना सेट –गाना बढेर ठूलो गाना बन्दछन् । यसरी गाना ठूलो भईसकेपछि उखेलेर बजारमा लगि बिक्री वितरण गर्ने । यो समय भनेको दशैं तिहारको समय भएकोले प्याजको माग पनि बढी हुने र बजार भाउ (मूल्य) पनि राम्रो पाईने हुँदा बेमौसम प्याज खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।

उत्पादन :
अनुमानित ८००–१००० के.जी. प्रतिरोपनी ।

विरुवा सार्ने तरिका, उमेर र दुरी :

ब्याडको साइज १ मिटर चौडाई र लम्बाई आवश्यक अनुसार र उचाई १५ देखि २० सेमी (करिब एक बित्ता) को अग्लो ड्याङ तयार पार्ने ।

वाष्णीकरण कम गर्न बेर्ना सार्नु भन्दा पहिले पातको माथिबाट एक तिहाइ भाग काटेर फाल्ने ।

बीऊ रोपेको एकदेखि डेढ महिनामा बेर्ना सार्ने ।

एउटा हारदेखि अर्को हार बीचको दूरीको फरक १५ सेमी र बोटदेखि बोट सम्मको दूरी १० सेमी राख्ने ।

बेर्ना सारेको ७ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना सार्ने ।

गोडमेल :
झारपात हटाएर माटो खुकुलो बनाइ राख्न कम्तीमा ३ पटक गोडमेल गर्ने

सिंचाई र निकास :

पहिलो पटक बेर्ना रोप्ना साथ र पछि मौसम र माटोको अवस्था हेरि ५ देखि ६ पटक सिंचाई गर्ने ।

पानी जम्न नदिने ।

बाली संरक्षण :

मुख्यतया प्याजमा थ्रिप्सकिरा लाग्छ र यसले प्याजको पातलाई काटेर खाने हुँदा पात सुकेर बोट मर्दछ ।

यसलाई नियन्त्रण गर्न निमयुक्त विषादी २ मिली प्रति लिटर मानप्मा घोलेर छर्ने । यस्तै बेर्ना सारेपछि २ पटक खरानी छर्ने ।

डाउनी मिल्डयु रोग लागेमा पातमा खैरो रङ्गको ढुसी देखापरि विरुवाको बृद्धि रोकिएर विरुवा पहेलो भइ मर्छ ।

यस रोगको नियन्त्रण गर्न २ ग्राम कपुर अक्सिक्लोराइड र म्यानकोजेव प्रतिलिटर मानप्मा घोलेर एक हप्ताको फरकमा पालैपालो ३ पटक छर्ने ।

बैजनी धब्बा लागेमा नियन्त्रण गर्ने डाउनी मिल्टयुमा जस्तै गर्ने ।

कालो पोके रोग लागेमा पातको सतहमा कालो थोप्लाहरू देखा पर्दछन् र पातबाट कालो धुलो झर्दछ ।

यो रोग नियन्त्रण गर्न एउटै जमिनमा लगातार प्याज खेती नगर्ने । रोगी बेर्नाहरू उखेलेर नष्ट गर्ने । बेभिष्टिन २

ग्राम प्रति केजीका दरले बीऊको उपचार गर्ने । यस्तै प्याजमा गानो नलाग्दै फूल फूल्ने समस्या (कोल्टिङ) पनि हुनसक्छ । यसबाट बचाउन सन्तुलन रूपमा रासायनिक मलको प्रयोग गर्ने, सिफारिस गरिएको जात लगाउने, राम्रोसंग हुर्किएको विरुवा मात्र सार्ने र सकभर पौष महिना भित्रै बेर्ना सारी सक्ने ।