ललितपुर। पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना अघि सारेको प्रदेश–३ सरकारले कृषि यन्त्र खरिदमा किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको छ ।

चालु आर्थिक वर्षमा कृषकलाई आवश्यक विभिन्न किसिमका साना तथा ठूला कृषि उपकरण खरिद गर्न अनुदान दिने गरी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना बनाएको छ ।

करिब एक हजार वटा फर्म तथा व्यावसायीक किसानलाई अनुदान वितरण गर्ने गरी यन्त्र खरिदको लागि २० करोड रुपैयाँ छुट्याएको छ । छुट्याइएको रकममध्येबाट सबै जिल्लाका व्यावसायिक किसानलाई कृषि यन्त्र खरिद गर्दा ७५ प्रतिशत अनुदान प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

कृषि यन्त्र माग संकलनको सूचनासमेत निकालेर प्रदेशको कृषि विकास निर्देशनालयले कृषि यान्त्रीकरण अनुदान कार्यक्रम कार्यान्वयनसमेत सुरु गरिसकेको हो। पहिलो चरणमा फोर ह्वील ट्याक्टर, ढुवानी ट्रक, कम्बाइन्ड हार्भेष्टर, सिंगल क्याप पिकअप र लेजर ल्याण्ड लेभेलर यन्त्रलगायत उपकरण आवश्यक रहेको निजी, सहकारी तथा सामुहिक फार्म धनीले अनुदानको लागि आवेदन दिन सक्ने जनाइएको छ ।

कसरी सम्पर्क गर्ने ?

मोबाईल : ९८४५०३४२३१, ९८४१७९९१६१, ०५६- ५३३४८१

फारम भर्ने अन्तिम मिति २०७६ कार्तिक ८ गते सम्म मात्र

कुन यन्त्र किन्दा कति अनुदान पाईन्छ :
रु. १६५००० पर्ने ल्याण्डफोर्स ब्राण्डका ६ फिटे रोटाभेटर रु. ४१,२५०
रु. ३४०००० पर्ने ल्याण्डफोर्स ब्राण्डका धान थ्रेसर रु. ९६,२५०
रु. ८०००० पर्ने गैंडा ब्राण्डका हाते ट्रेक्टर रु. २३,७५०