पशुलाई विष लाग्ने किसिमको घाँसपात नेपालको तराई भाग देखि उच्च पहाडी भेगसम्म पाईन्छ । पशुहरु हरियो घाँसपात खाँदा कहिलेकाँही विषालु घाँसहरु खान पुग्दछन । र त्यसमा रहेको अपाच्य विषालु पदार्थले जनावरलाई रोगी बनाउछ । केहि उच्च प्रोटिनयुक्त घाँसपात वा बोट बिरुवा खास मात्रामा सेवन गरेमा अतीनै फाईदाजनक हुन्छ । तर धरै मात्रामा खान पुगेमा बिष लाग्ने हुन्छ ।

बिषालु घाँसपात कसरी खान्छन :
१. साना पाठापाठीलाई बिष लाग्ने घाँसपात बारे ज्ञान नभएर ।
२. नयाँ ठाँउ या चरनमा बाख्रालाई चराउनाले ।
३. मिठो घाँससंग बिषालु घाँसपात मिसीएकोले ।
४. सुख्खायाममा हरियो रहने विषालु घाँसपात देखि पशु लोभीएर खानाले
५. कृषकहरुलाई विषालु घाँसपातबारे जानकारी कम भएको कारण

बिसालु घाँसपात बाट हुने समस्या :
पशु बस्तुहरुले जानी नजानि थुप्रै घाँस पात हरु खान्छन, यसरि घाँसपात खाँदा नाईट्रेट जम्मा गर्दछन् जसले पशुहरुको स्वास्थ्यमा नकारात्मक असर पार्दछ । पशुबस्तुले विष लागेको लक्षण देखाउँदछन् ।

१. नाईट्रेट संचित गर्ने बोट बिरुवाहरु :
कलिलोे जौ, गंहु, सेतो क्लोभर आदि खाएको ५–६ घण्टा पछि बिष लाग्दछ ।

लक्षणहरु :
१. ¥याल काढ्ने, पेट दुख्ने
२. छटपटाउने, मांशपेसी हल्लने
३. थोरै थोरै पीसाव हुने, रगत कफि रंग को हुने

उपचार :
मिथाईलिन ब्लु २–४ प्रतिशतको झोल २.५ एम .एल नशामा दिने र एट्रोफिन सल्फेट १ एम .एल वा ५० के.जी. बढि प्रभावकारी र सबै बिसादीको लागि काम लाग्छ ।

२. लेकाली बिष :
उच्च पहाडको चरन क्षेत्रमा पाईन्छ । जुन बिरुवा खाँदा बिष लाग्छ ।

लक्षणहरु :
१. चर्न छाड्ने, झोक्राउने
२. हिड्न नसक्ने, भुडि फुल्ने
३. मुखबाट फींज निकाल्ने, अन्तमा मर्ने

उपचार :
सोडियम थायो सल्फेट ८–१० प्रतिशतको झोल बनाई २० एम.एल. खान दिने ।
५ प्रतिशत सोलुसन तयार गरी ५ एम.एल. नसामा सुई दिने ।

३. उन्युको बिष :
झुक्किएर घाासको अभावमा खाँदा बिष लाग्छ ।

लक्षणहरु :
१. खान कम हुदै जाने । पेट फुल्ने ।
२. ¥याल काढ्ने । मर्ने ।

उपचार :
१ एम.एल. ब्युटायल अल्कोहल १०० एम.एल. सलाईन पानिमा घोली ३–४ दिन सम्म नसामा दिने ।

४. हाईड्रोसाईनिक बिष :
कलिलो अबस्थामा जुनेलो खुवाएमा यो बिष लाग्छ । ४५० केजी खाँदा १ ग्राम बिष उत्पादन हुन्छ ।

लक्षणहरु :
१. एक्कासी लड्ने, सास फेर्न गाहे हुने
२. फिँज काढ्ने, मासु हल्लने
३.पेट फुल्ने, आँखाको नानि फैलने ।

उपचार :
सोडियम नाईट्रेट २ ग्राम सोडिइम थायो सल्फेट १५ ग्राम २०० एम.एल. नर्मल सलाईनमा घोली ५० एम.एल. नसामा सुई दिने एक घण्टा पछि फेरि दोहो¥याउने । सोडियम थायो सल्फेट ५–१० ग्राम १ घण्टाको फरकमा खुवाउने ।

५. अंगेराको पात / मुन्टा :
प्राय घाँसको अभावमा वा कलिलो अबस्थामा यो घाँस खाने गर्दछन ।

लक्षणहरु :
१. मुख बाट ¥याल काढ्ने
२.  पेट फुल्ने वा छेर्ने ।
३. दाँत कटकटाउने ।
४. सास फेर्न गाह्रो हुने ।

उपचार :
१. सोडियम थायोसल्फेट ५–१० ग्राम १ घण्टाको फरकमा खुवाउृने ।
२. रुमेल बोलस खान दिने ।
३.  भिटामिन बी कम्पेलेक्सको सुई दिने ।
४. सिम्लीगानको बोक्रा र पात थिचेर खुवाउने । वा पिसाव खुवाएमा पनि निको हुन्छ ।

६. युरीया मल :
झुक्किएर वा जथाभावी राख्दा यो खाएर बिष लाग्छ ।

लक्षणहरु :
१.लड्ने, मुर्छा पर्ने
२.फिँज काढ्ने, कराउने
३. दाँत कटकटाउने, छटपटाउने
४. सास फेर्न गाह्रो हुने

उपचार :
एसिटिक एसीट ५ प्रतिशत वा अमिलो पातलो बनाई खुवाउने । २/३ बोतल सलाईन नसामा दिने ।

७. किटनासक बिषादी :
झुक्किएर वा जथाभावी राख्दा यो खाएर बिष लाग्छ ।

लक्षणहरु :
१.लडने, मुर्छा पर्ने फिँज काढ्ने
२.कराउने दाँत कटकटाउने
३.छटपटाने सास फेर्न गाह्रो हुने ।

उपचार :
एसीटिक एसीड ५ प्रतिशत वा अमिलो पातलो बनाई खुवाउने ।
२/३ बोतल सलाईन नसामा दिने ।
एट्रोपिन सल्फेट २–५ एम. एल. नसामा सुई दिने ।