ललितपुर। नेपाल सरकारले कृषकहरुको जोखिम हस्तान्तरणका लागि कृषि तथा पशुबिमा कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ । सरकारको उक्त नीतिअनुरुप बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निश्चित जिल्ला तोकेर निश्चित बिमा कम्पनीहरुलाई क्षेत्राधिकार दिएको छ ।

कृषकहरुलाई माथि उठाउने उद्देश्यले यस कार्यक्रममा कृषि तथा बीमा शुल्कको ७५ प्रतिशत रकम छूटको व्यवस्था मिलाईको छ । सबै जिल्लामा सबै बीमा कम्पनीहरुलाई जान छूट नदिई निश्चित बीमा कम्पनीलाई तोकिँदा बिकम (बीमा कम्पनी) तथा बिमित (कृषक)लाई सहज हुने बीमा समितिले जनाएको छ ।