परिचय र महत्व:

परबल  एक बहुवर्सिय लहरे तरकारी बाली हो । यसका कलीला फल भुटेर  तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यो पोसिलो तरकारी हो । यसका कलीलामुन्टा र पात पनि बाली को रूपमा हल्का पकाएर  खाइन्छ ।काक्रो र फर्सी समुहका तरकारी बालीहरु मध्य यसमा बढीपौष्टिक तत्व पाइने भएकोले यसलाई राजा तरकारी भनिन्छ । परबलमा लउकामा भन्दा १० गुना बढी प्रोटिन पाइन्छ । परबलकोऔषधीय महत्व पनि छ।मुटु रदिमागका रोगिलाई  यसको सेवन लाभप्रदहुन्छ । यसले रक्त संचारमा पनि सुधार ल्याउदछ । परबलकोउद्ग्म स्थल नेपालको पुर्बी क्षेत्र र भारतको  आसम बङ्गल क्षेत्र मानिन्छ । नेपालमा यसको खेती तराई र भित्री तराईमा गरिन्छ ।

हावापानी र माटो:

परबलको खेती गर्न गर्मी तथा ओसिलो मौसम चाहिन्छ । प्रसस्त घाम र बर्षामा राम्रो सप्रन्छ । यसले पानी जमेको  अवस्था  र तुसारो सहन सक्दैन । पानीको राम्रो निकास भएको बलौटे दोमट तथा दोमटमाटोमा यसको खेती सप्रन्छ। माटोको  पिएच मान ६-७ चाहिन्छ ।

जातहरु:

१. सेता धर्सा भएको लामो

२. हरियो लामो

३. हरियो गोलो

४. फैजाबाद परबल १

५. फैजाबाद परबल ३

६. फैजाबाद परबल ५

जग्गाको तयारी:

गर्मी तथा सुक्खा समयमा २-३ पटक गहिरोसँग जमिन जोत्नु पर्दछ । रोप्ने बेलामा फेरी २-३ पटक खनजोत गर्नु पर्दछ ।ड्याङ३०० सेमी चौडा र २ ड्याङको बिचमा ५० सेमी फराकिलो कुलेसो बनाउनु पर्दछ । हार हार को बिचमा २००सेमी र बोट बोट को बिचमा १००सेमीफरकमा रोपिन्छ ।

प्रसारण बिधी :

परबलको बिउ रोपेर खेती गरिदैन ।यसको जरा काटेर बनाएका १५ सेमी लामा तुक्रा वा लहरा कातेर बनएका ५० सेमी लामा तुक्रा रोपिन्छ । लहरा काटेका टुक्रा रोप्ने प्रचलन बढि छ । लहराका टुक्रालाई गोलो आकार कोबनाइ दुबैटुप्पा ५-१० सेमी जमिनमाथी पर्ने गरी १५ सेमी गहिराइमा रोपिन्छ । भाले र पोथीका फूल अलग अलग बोटमा हुने भएकोले भाले र पोथी बोटको  अनुपात १:९ हुनु पर्दछ ।यसरीप्रत्यक १० वटा बोट रोप्दा १भाले बोट रोप्नु पर्दछ । फली रहेको स्वस्थबोटकालहराहरु  भदौ देखी कार्तिक सम्मनिकालीन्छ । लहरका सबै पातहरु हटाइन्छ । रोप्न लायक १ लहराको टुक्रा १०-१५ आख्ला भएको र ५०-६० सेमी लामो हुनु पर्दछ । १ रोपनी जमिनमा रोप्नको लागी २००-२५० लहराका टुक्राहरु आवस्यक पर्दछ ।

मलखाद:

१ रोपनी जमिनको लागि १ टन पाकेको गोबर वा कम्पोस्ट मल, ४ kg नाइट्रोजन, २ kg फस्फोरस र २ kg पोटाशको आवश्यकता पर्दछ। यिमध्य एक तिहाइ भाग नाइट्रोजन र गोबर मल, फस्फोरस र पोटाशको पुरै मात्रा सबै खाडलराख्नुपर्दछ । दोस्रो १ तिहाइ नाइट्रोजन फुल लाग्न थालेपछि र तेस्रो चाँही त्यसको १ महिन पछी थप मलको रुपमा दिनु पर्दछ। बायोजाम २ kg सुक्ष्मतत्वकोधुलो १ kg पिना आदि  पनि हाल्न सके राम्रो उत्पादन लिन सकिन्छ।

बाली लगाउने समय :

ताजा लहरका टुक्राहरु असोज्-कर्तिकमा रोपिन्छ। बगरमा खेती गर्नको लागि भने असोज्-कर्तिकमा काटेका लहराका टुक्रा सानो ब्याडमा रोपेर जरा पलाएेपछी माघमा रोपिन्छ।

गोडमेल:

जाडोमा परबलका लहरा हरु मर्दछन र बसन्तमा पुन: नयाँ लहराहरु पलाउदछन्।मङ्सिरको अन्त्यतिर सुकेका लहराहरु र मुल लहराको आधा मिटर राखेर अन्य सबै लहराहरु काटेर फेदको माटो खुकुलो गरी मलखाद प्रयोग गर्नु पर्दछ।

थाक्रा: पर्बलका लहरा चढाउन  २ मिटर चौडा, १.२५  मिटर अग्ला र आवश्यकता अनुसारका लम्बाइका बास र सुतरी वा फलामको तारको छाप्रो बनाउनु पर्दछ।

सिचाई : लहरा रोपेपछी सिचाई गर्नु पर्दछ। सुख्खा  गर्मी मौसममा ८-१० दिनको फरकमा सिचाई गर्नु पर्दछ। बर्षा यामा सिचाईको आवश्यकता पर्दैन। बर्षायामपछि असोज्-कर्तिकमा चिस्यान हेरेर १-२ पटक सिचाइ गर्नु पर्दछ।

बाली टिपाइ:

परबलका पुरा बडेका कलीला फल फाल्गुन देखी कार्तिक सम्म लगातार टिप्न सकिन्छ। हप्ताको २ पटक परबल टिपिरहनुपर्दछ। फल टिपेपछी  पानी हालेको भाडामा रखिन्छ।

उत्पादन :

पहिलो बर्ष ५००-१००० k.g, दोस्रो र तेस्रो बर्ष १५००-२००० kg प्रती रोपनी परबलको फल उत्पादन हुन्छ।