हेटौँडा। कृषकलाई आफ्नो उत्पादन भण्डारण तथा विक्री वितरणमा सहज बनाउन मकवानपुरको बकैया गाउँपालिकामा चिस्यान केन्द्र (कोल्ड स्टोर्स) सहितको कृषिउपज एवं तरकारी संकलन केन्द्र स्थापना गरिएको छ ।

उक्त गाउँपालिकाले मर्सिकोर नेपाल, मकवानपुरस्थित बाल कल्याण समाज तथा स्थानीय जनश्रमदानसमेत गरी कुल रू. २८ लाखको लागतमा सो केन्द्र स्थापना गरेको हो ।

उक्त गाउँपालिकाको विभिन्न क्षेत्रका कृषिउपज संकलन गरी विक्री वितरणका लागि स्थापना गरिएकोे सो केन्द्रमा एक कोल्ड स्टोर, एक स्टोर हल र अर्को डिजिटल लाइब्रेरी सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइएको छ ।

भवन निर्माणका लागि बाल कल्याण समाजको सर्भे परियोजनाबाट रू. १५ लाख, उक्त गाउँपालिकाबाट रू। आठ लाख र जनश्रमबाट रू। पाँच लाख गरी कुल रू. २८ व्यहोरिएको थियो ।

गाउँमा कृषिउपज संकलन केन्द्र निर्माण भएपछि स्थानीय कृषकलाई आफ्ना उत्पादन बजारसम्म पु¥याउन झञ्जट नहुने तथा धेर थोर उत्पादन पनि केन्द्रले नै खरीद गरेर विक्री वितरण गरिदिने गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले बताइन् ।