ललितपुर। सरकारले कृषि युवा उद्यम कार्यक्रम आर्थिक वर्षबाट सञ्चालन गर्ने भएको छ। यसका लागि कार्यविधि तयार भैरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

कार्यक्रम सञ्चालनका लागि अर्थमन्त्रालयले ५० करोड कृषिलाई दिएको कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुशार यो कार्यक्रम सातै प्रदेशका २० देखि २२ वटा जिल्लामा लागू गरी ५ सय किसानबाट सुरू हुनेछ।

कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गर्न चाहनेले स्थानीय निकाय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरणमा मार्फत निवेदन दिन सक्नेछन् । यस कार्यक्रममा रहेर काम गर्नेको उमेरहद १८ देखि ४५ वर्षसम्म तोकिएको छ।

यस कार्यक्रममा विदेश जान लागेका वा विदेश गएर आएकालाई विशेष प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ। कृषि उद्यम गर्न चाहनेलाई आधा लगानी सरकारले गर्ने छ भने उक्त रकम फिर्ता गर्नु नपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

आधा लगानी भने कृषक आफैले हाल्नुपर्नेछ। पैसा वितरण कृषि विकास बैङ्कमार्फत गरिने मन्त्रालयले जनाएको छ। सरकारले प्रदान गर्ने पैसा किस्ता किस्तामा दिइने छ।माछा, मासु, दूग्ध, फलफूल, तरकारी, कृषि प्रशोधन तथा कृषि फार्म परियोजनालाई विशेष प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्नु लिङ्क क्लिक गर्नुहोस :