ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ , यस रुखको आयु सरदर २०० बर्ष हुन्छ ।ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ । यो दुई प्रजातिको हुन्छ , प्रायस् नेपालमा हाडे ओखर बनजङ्गलमा पाईन्छ । ओखरको दाते प्रजातिको ओखर चाही राम्रो हुन्छ , यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ ।

खेती प्रबिधी :
नेपाल मा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । ओखरको रुख ठुलो हुने हुँदा यसलाई ७-७ मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा १० – १५ ओटा लगाउन सकिन्छ । यस बिरुवाले ५-६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ ।

लगाउने विधि :
२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।

ओखरका फाईदाहरु :
क्यान्सर रोगा सँग लड्ने क्षमताको बिकास हुन्छ ।
मुटु स्व स्था राख्दछ ।
शरिर मजबुत बनाउनमा मद्दत पुर्याउछ ।
तौल घटाउन मद्दत गर्छ ।
मस्तिस्कलाई तेजिलो बनाउन सहयोग पुर्याउछ ।

बजार :
बिश्व बजारमा ओखरको माग अत्याधिक छ । नेपाली बजारमा ओखर प्रती किलो ६००-७०० सम्ममा बिक्री हुन्छ । ओखर चाडै नबिग्रने हुँदा यसलाई लामो समयसम्म पनि भन्डारण गरेर राख्न सकिन्छ । यो बिरुवा धेरै बर्षसम्म बाचिरहने हुँदा पछील्लो पुस्ता सम्मको लागी पनि आम्दानिको राम्रो स्रोत बन्छ ।