ललितपुर । कृषि तथा पशुपन्छि विकास मन्त्रि चक्रपाणी खनालले शुक्रबार कालिमाटी तरकारी बजारमा रहेको बिषादी अबशेष द्रुत विश्लेषण ईकाई  (प्रयोगशाला)को अनुगमन गर्नु भएको छ ।

प्रयोशालाको अनुगमन गर्दै कृषि मन्त्रि खनालले विषादी प्रयोगशालाको परिक्षण सम्बन्धि काम चुस्त दुरुस्त राख्न निर्देशन दिनु भएको हो ।

उहाँले नेपालमा विषादीको सन्दर्भ नबुझी आफ्नै ढंगले विशलेषण भइरहेको बताउनु भयो । विषादीको विषयमा छलफल हुनु राम्रो हो तर, विषादीको प्रयोग कति छ र कति प्रयोग गर्नुपर्छ त्यो जान्न आवश्यक रहेको उहाँकोे भनाई थियो ।

उहाँले नेपालमा मात्र नभई विश्वरभर कृषिमा विषादी प्रयोग हुने र त्यसका लागि विश्व मापदण्ड रहेको समेत दाबी गर्नु भयो ।

अहिले नेपालमा १६९ प्रकारका विषदी र ति विषादीको मिसावटबाट बन्ने ३ हजार ३५ प्रकारको विषादी प्रयोग गर्ने गरेको पाइन्छ ।

चालु आर्थिक वर्षमा सरकारले ५ प्रकारको विषादी पूर्ण रुपमा प्रयोगमा प्रतिवन्ध लगाएको उहाँले जानकारी दिनु भयो। हालसम्म नेपाल सरकारले २१ प्रकारका विषादी प्रयोगमा प्रतिबन्द लगाइएको छ ।

चालु आर्थिक वर्षमा कालिमाटी बजारमा आएका तरकारी मध्ये बोडी र ब्रो काउलीमा विषादी देखिएको कालिमाटी बिषादी अबशेष द्रुत विश्लेषण ईकाई केन्द्रिय प्रयोगशालाका नायब प्राविधिक साहयक जागेश्वर शर्माले जानकारी दिए ।

उहाँका अनुसार धादिङबाट ल्याइएको बोडी र ब्रोकाउलीमा केही मात्रामा विषादी देखिएको थियो भने त्यसलाई तत्कालै नष्ट गरिएको थियो ।

भारतबाट आएका तरकारीहरुमा हालसम्म विषादी परिक्षण गर्दा विषादी नपाइएको उहाँको दाबी छ ।