तिते करेला क्युकर बिटेसी परिवारमा पर्ने वैज्ञानिक नाम (omordica chanatia) भएको फल तरकारी हो । प्रति एक सय ग्राम ताजा तिते करेलामा भीटामिन ए (बिटा क्यारोटिन) १ सय २६ माइक्रोग्राम र भीटामिन सी ८८ मिलिग्राम पाइन्छ । खनिज तत्वहरू मध्ये फोस्फोरस ७० मिलिग्राम, क्याल्सियम २० मिलिग्राम, र फलाम ०.६१ मिलिग्राम पाइन्छ । करेला खेती कलिला, तिता फलको लागि गरिन्छ । यसको प्रयोग तारेर वा पकाएर तरकारीको रूपमा वा अचार बनाएर गरिन्छ ।

करेलामा अर्वुद्ध रोगको प्रतिरोध गर्ने गुणहरू छन् भन्ने विश्वास गरिन्छ । यसको सेबनले रगत र पिसावमा हुने चिनीको मात्रालाई घटाउँदछ । करेलाको बजार माग र उत्पादन दुवै बढ्दो अवस्थामा छ ।

प्रचलित जातहरू :
नेपालमा पञ्जिकृत गरिएका र खेती गरिने जातहरूको विवरण तल उल्लेख गरिएको छ । यस मध्ये करेलाका जातहरूमा वर्णसङ्कर जातहरूः पाली, एन.एस. ४३३, चन्द्र, लक्ष्मी ५५५, पीपल, शिव, गङ्गा, हिरा, सेती ४४४, कोमल, समृद्घि, एन.एस. ४३४, चमन, प्रचलित छन् ।

१. हरियो करेला

बोट ठूलो, हरियो, लहरे प्रकृतिको र पात गहिरो काटिएको अगौटे जात हो । बोटको टुप्पातिर झुस धेरै हुन्छ ।
फल २०-२५ से.मी. लामो, ७-८  हुन्छ । उत्पादन १२-१६ मे.टन-प्रति हे. हुन्छ ।
फल पहिले हरियो र पाकेपछि पहेलो हुन्छ ।
बेर्ना सारेको ४०-४५ दिनमा उत्पादन लिन सकिन्छ ।
यसको पुरानो नाम पुसा दोमौसमी हो ।
तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिस गरिएको छ ।
यो जातलाई २०५१ सालमा उन्मोचित गरिएको ।

२. एन.एस ४३३ वर्णशंकर जात

बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।
बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।
तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन ४०-४५ मे.टन-प्रति हे. हुन्छ ।  २०६६ सालमा पञ्जिकृत भएको ।

३.चन्द्रा वर्णशंकर जात
बोटको उचाइ २५०.३०० से.मी. हुन्छ ।
बेर्ना सारेको ४८-५० दिनमा वाली लिन सकिने ।
तराई, र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन १९.८ मे.टन-प्रति  हे.  हुन्छ ।  २०६६ सालमा पञ्जिकृत भएको ।

४. लक्ष्मी ५५५ वर्णशंकर जात
बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
बेर्ना सारेको ५० दिनमा वाली लिन सकिने ।
तराई, र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन २८ मे.टन-प्रति हे. हुन्छ ।२०६६ सालमा पञ्जिकृत भएको ।

५. पिपल वर्णशंकर जात
बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
बेर्ना सारेको ५० दिनमा वाली लिन सकिने ।
तराई, र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन २०.९ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

६. शिव वर्णशंकर जात
बोटको उचाइ ३०० से.मी. हुन्छ ।
बेर्ना सारेको ४८-५० दिनमा वाली लिन सकिने ।
तराई, र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन २१.४ मे.टन-प्रति हे.  हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

७. गंगा वर्णशंकर जात
बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
बेर्ना सारेको ४०-४५ दिनमा वाली लिन सकिने ।
तराईको लागि सिफारिस गरिएको छ ।
उत्पादन २४ मे.टन-प्रति हे.  हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

८. हिरा वर्णशंकर जात
बोटको उचाइ ३०० से.मी. हुन्छ ।
बेर्ना सारेको ४८-५० दिनमा वाली लिन सकिने ।
तराईको लागि सिफारिस गरिएको छ ।
उत्पादन २४.३ मे.टन-प्रति हे.  हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

९. पाली वर्णशंकर जात
बोटको उचाइ ७०० से.मी. हुन्छ ।
बेर्ना सारेको ४५ दिनमा वाली लिन सकिने ।
तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।
उत्पादन ५० मे.टन-प्रति हे. हुन्छ । २०६७ सालमा पञ्जिकृत भएको ।

१०. सेती ४४४ वर्णशंकर जात
बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
बेर्ना सारेको ४६-४८ दिनमा वाली लिन सकिने ।
तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन २६.९ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

११. कोमल वर्णशंकर जात
बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
बेर्ना सारेको ४८-५० दिनमा वाली लिन सकिने ।
तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन ३५.६ मे.टन-हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१२. समृद्धि वर्णशंकर जात
बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।
बेर्ना सारेको ४८-५० दिनमा वाली लिन सकिने ।
तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन ३५.८ मे.टन-प्रति हे.  हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१३. एन.एस. ४५३ वर्णशंकर जात
बोटको उचाइ १५०–१६० से।मी। हुन्छ ।
बेर्ना सारेको ४०–५० दिनमा वाली लिन सकिने ।
तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन ४०–४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१४. एन.एस. ४५४ वर्णशंकर जात
बोटको उचाइ १५०–१६० से.मी. हुन्छ ।
बेर्ना सारेको ४०–५० दिनमा वाली लिन सकिने ।
तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन ४०–४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१५. एन.एस १०२४ वर्णशंकर जात
बोटको उचाइ १५०–१६० से.मी. हुन्छ ।
बेर्ना सारेको ४०–५० दिनमा वाली लिन सकिने ।
तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन ४०–४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१६. एन.एस ४३१ वर्णशंकर जात
बोटको उचाइ १५५–१६० से.मी. हुन्छ ।
बेर्ना सारेको ४०–५० दिनमा वाली लिन सकिने ।
तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन ४०–४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१७. एन.एस ४३४ वर्णशंकर जात
बोटको उचाइ १५५–१६० से.मी. हुन्छ ।
बेर्ना सारेको ४०–५० दिनमा वाली लिन सकिने ।
तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।
उत्पादन ४०–४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

हावापानी र माटो:
करेला गर्मी तथा न्यानो मौसमको वाली भएकाले तुषारो खप्न सक्दैन । तराईदेखि १५०० मिटर उचाईसम्म र २००–३५ डिग्री सेल्सियस तापक्रम भएको क्षेत्र बढी उपयुक्त हुन्छ । सरदर २५० डिग्री सेल्सियसदेखि ३५० डिग्री सेल्सियसको तापक्रम, बोटको बृद्धि तथा फल लाग्नको लागि उपयुक्त हुन्छ । १२ से. भन्दा कम तापक्रम भएमा बीउ उम्रदैन र बोटको वृद्धि पनि राम्रो हुँदैन । ३८० डि.से.भन्दा माथिको तापक्रममा फल लाग्दैन ।

प्राङ्गारिक पदार्थ प्रशस्त (५ प्रतिशत भन्दाबढी) र पि.एच.मान ६.५–७.०, पानीको निकास राम्रो भएको बलौटे दोमट माटोमा करेला खेती राम्रो हुन्छ ।

नोट :

रोप्न चाहेको बियाँलाई २/३ दिन भिजाउनुहोस
भए नर्सरी ट्रे नभए सानो सानो प्लास्टीकको थैलामा पुरानोरपाकेको प्राङगरीक मल र नरिवलको जट्टा जस्तो रेसादार बस्तुसंग मिसाई थैला भरेर भिजेको बिऊ राख्नुहोस।
आफुलाई हेरचाह गर्न सजिलो ओसिलो ठाउँमा थैलाहरु राखी दैनिक हल्का भिजाउनुहोस ।
जब बेर्ना तयार हुन्छ आफुले रोप्न चाहेको स्थानमा खनजोत मल खाद तयार पारी बिरुवा सार्नुहोस ।यसरी सार्दा प्लास्टीक थैला हटाउनुहोस बेर्नाको जरा र रेसादार मिसाएकोले थैला सजिलै बिरुवालाई असर नपरी हटाउन सकिन्छ।
रोपिसके पछि अरु झारपात नआवस भनेर बिरुवा वरीपरी पुरानो बोरा, प्लास्टीक कपडा जे छ त्यसैले छोपेर मल्चिङ सिस्टम गराउनुहोस।
पुर्ण बिरुवा बढ्न नथालुन्जेल दैनिक हल्का सिंचाई गर्नुहोस ।सिंचाई बेलुका पख गर्नुहोस।
जमिनको सतहबाट डेढ मिटरको उचाईमा समतल फल मुनि तर पात टुप्पा मुनि नछिर्ने गरी थाँग्रा दिनुहोस।जब फल्न सुरु हुन्छ फललाई केहीले नछोवस सरर हावा लागोस ।हरियो पात माटो या केहीले फल छोए फलको टुप्पामा किरा लाग्ने हुन्छ।

-कृषि विज्ञ केदार बुडाथोकीको सहयोगमा