भवानीपट्ना। भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् ।

स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो । श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण पनि डुबेको थियो ।

परमानन्दलाई स्थानीयबासीले उपचारका लागि नजिकको अस्पताल तत्कालै पु(याए पनि बचाउन सकिएको थिएन ।