जोहानसबर्ग। संयुक्त राष्ट्रसङ्घले हालै जारी गरेको एक प्रतिवेदनअनुसार नाइजेरियामा करिब एक लाख २० हजार व्यक्ति अनिकालको करण अति आपत्तको स्थितिमा रहेका छन् ।

बोको हराम आतङ्ककारी समूहले ल्याएको यस परिस्थितिको कारण यस्तो भएको सो प्रतिवेदनमा जनाइएको छ । खाद्य र कृषि सङ्गठनले गरेको अनुमानअनुसार उत्तरपूर्वी नाइजेरियामा आएको यो एक ठूलो मानवीय सङ्कट हो ।

बोको हराम आतङ्ककारी समूहको जन्मस्थान बोर्नो राज्यमा विशेषगरी यो समस्या आइपरेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार यस राज्यमा पाँच हजारभन्दा बढी बालबालिका यस समस्यालाई कारण मृत्यु भइसकेको छ । रासस/एपी