ginger
काठमाडौं : भारतले अदुवा निकासीमा बाधा सिर्जना गरेपछि निजी क्षेत्रका व्यवयायीले नेपालस्थित भारतीय दूतावासमा पुगेर पूर्ववत रूपमा निकासीको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा गएको पूर्वाञ्चल र सुदूर पश्चिाञ्चलका उद्यमी व्यवसायीहरूको टोलीले अदुवा निकासीमा व्यवधान हटाउन आग्रह गरेको हो । दूरपश्चिमाञ्चलको गौरीफन्टा नाकादेखि पलिया बजारसम्मको राजमार्ग स्तरोन्नति लगायतका विषयमा पनि दूतावास अधिकारीसँग छलफल भएको छ ।भारतीय दूतावासका प्रथम सचिव ना. राम प्रसादसँग अदुवाको मुख्य सिजनमै भारतीय आवरोधले व्यवसायी मर्कामा परेकाको बताएका हुन् । उनले जतिसक्यो छिटो समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।
महासंघको कार्यकारिणी समितिका सदस्य एवं नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्का र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीलगायत सो संघका पदाधिकारीहरू सहभागी थिए ।