पोखरा। मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिने रहेछ भन्ने उदाहरणीय कृषक बनेका बनेका  कास्कीको लाहाचोक गाविसका इमानबहादुर गुरुङ ।

तीन वर्षअघिदेखि भैँसी र गाईपालन व्यवसाय सुरु गरेका गुरुङको  दूध बिक्रीबाट मासिक रु नौ लाख आम्दानी हुन्छ । अहिले गुरुङको गोठमा ३०० वटा उन्नतजातका भैंसी र १२ वटा गाई छन् । “दैनिक ८०० लिटरदेखि ९०० लिटरसम्म दूध उत्पादन हुन्छ,” गुरुङले भने।

उत्पादन भएको दूधमध्ये भैंसी को प्रति लिटिर रु ८० र गाईको प्रतिलिटर रु ५० मा पोखरामा ल्याएर बिक्री गर्ने गरेको गुरुङले बताए । गुरुङको प्रेरणाबाट नै उक्त गाउँका ६०/६५ किसानले पशुपालन व्यवसाय गरेर आयआर्जन गर्ने गरेका छन् । गुरुङले आफनो ७० रोपनी जमिनमा घाँसखेती लगाएका  छन्।