काठमाडौं। क्रान्तिकारी किसान संगठनहरूको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो ऐतिहासिक एकता भेलालाई पूर्ण सफलताको शुभकामना दिए।

क्रान्तिकारी किसान सङ्गठनको संयुक्त भेलाद्वारा आयोजित “क्रान्तिकारी किसान सङ्गठनको ऐतिहासिक एकता राष्ट्रिय भेला”को आज उद्घाट्न गर्दै उनले अब नयाँ सरकारले गर्ने काम निकै जोखिमयुक्त रहने बताए ।

माओवादी पार्टीहरूको एकता पश्चात् सबै ज.ब.स.मोर्चाहरूको एकता भेला/सम्मेलनहरू भइरहेको र आज यो दिन भीमदत्त पन्तको स्मृति दिन र किसान दिवस पनि भएको बताए।

नेपाल कृषिप्रधान देश भएकाले खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिमा नयाँ प्रविधिको प्रयोग गरिनुपर्नेमा उनको जोड थियो ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान सङ्घ (माओवादी) लगायतका सङ्गठन एक हुन लागेको कार्यक्रमका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए ।