गर्मीको मौसम शुरु भइसकेको छ । यो मौसममा भुल्नै नहुने कु्रामा पर्छन् छाता, रेनकोट, सजिलो स्लीपर अनि पानी । असिनपसिन भएर काम गर्नु, यात्रा गर्नु गर्मीको विशेषता हो, तर यो मौसम जत्ति रोमाञ्चकारी हुन्छ त्यत्ति नै शरिरमा पानीको अभाव पनि देखापर्छ । शरिरमा पानीको मात्र सन्तुलन गर्न कुन कुन खाद्यपदार्थ उपयुक्त हुन्छन्  त

१. सलाद साग
सलाद सागमा ९५ प्रतिशत पानी पाइन्छ । यसमा प्रोटीनको उपयुक्त मात्रा पाइनुका साथै शून्य घृतांश र थोरै मात्र क्यालोरी हुन्छ । ओमेगा थ्री फ्याट्टी एशिड, उच्च फाइबर, आइरन र क्याल्शियम पनि पाइने हुनाले सलाद सागको पोषण मूल्य उच्च छ । यसमा पाइने पर्याप्त पानीले हाम्रो शरिरलाई हाइड्रेट त गराईहाल्छ नै ।

२.ब्रोकोली
एन्टी इन्फ्लेमेन्टोरी गुणका कारण गर्मीमा हुने एलर्जीहरुबाट ब्रोकोलीले त बचाउँछ नै साथै यसमा ८९ प्रतिशत पानी पाईने हुनाले यसले शरिरलाई पर्याप्त पानी पनि उपलव्ध गराउँछ ।

३. भात
मोटोपना र मधुमेहबाट ग्रसित व्यक्तिका लागि भात खासै राम्रो नमानिए पनि आइरन, कार्बोहाइड्रेट र अन्य तत्वका लागि भात सर्वआहार हुन सक्छ । पाकेको भातमा ७० प्रतिशत पानी पाइने हुनाले शरिरमा भएको पानीको कमीलाई पूर्ति गर्न भातले अवश्य मद्दत गर्छ ।

४. स्याउ
स्याउको बारेमा एउटा प्रचलित भनाई छ, “स्याउ खाउ, डाक्टर भगाऊ ।” फाइबर, भिटामिन सी र शरिरलाई अन्य आवश्यक तत्वका लागि स्याउ अत्यन्तै राम्रो श्रोत हो भने यसमा पाइने ८६ प्रतिशत पानीले यसलाई गर्मीको लागि उचित आहार मान्न सकिन्छ ।

५.दही
८५ प्रतिशत पानीको मात्रा बोक्ने दही गर्मीको लागि उत्तम रोजाई हुन सक्छ । दहीमा शरिरलाई आवश्यक पर्ने प्रो बायोटिक जस्ता सुक्ष्म जीवहरु पाइन्छ जसले स्वास्थ्यमा सकारात्मक असर त पार्छ नै साथै गर्मीमा हुने एलर्जीसंग लड्न मद्धत गर्दछ । दही प्रोटीन, भिटामिन डी र क्याल्शियमको पनि राम्रो श्रोत हो ।

एजेन्सी