सामान्य रुपमा धनीयाँलाई हामी परिकारमा बासना अथवा मसलाको रुपमा प्रयोग गर्ने गर्छौ । तर यसले हाम्रो स्वास्थ्यको लागि पनि फाईदाजनक हुन्छ भन्ने कुरा कमै मात्रामा थाहा हुन सक्छ । सुकेको धनियाँको धुलो मसलाको  रुपमा मात्र नभई औषधिको काम पनि गर्छ । धनियाँ औषधिय गुणले भरिपूर्ण हुन्छ । धनियाँको औषधिय गुणका बारेमा केहि जानकारीहरु ।

जण्डिस अर्थात् पहेँलो रोग: सुकेको धनियाँ, मिश्री, अमलाको मात्रालाई बराबर मात्रा मिलाएर पिध्ने । पिँधेको सो मिश्रणको धुलोलाई १–२ चम्चा बिहान बेलुका पानीसंग खानुहोस । यसको सेवनले पहेँलो रोग र पिशाव कम आउने जस्ता रोगहरुको समस्यामा केहि राहत मिल्छ ।

पेट पोल्ने समस्या : पिँधेको धनियाँ, जीरा, मेथिलाई समान मात्रा मिलाएर पिध्नुहोस । सो धुलोलाई पानीसंग खान सक्नुहुन्छ । त्यस्तै मुखभित्रको छाला जाने समस्या छ भने १ चम्चा पिँधेको धनियाँलाई २५० मिलिलीटर पानीमा मिलाउनुहोस । त्यसपछि त्यसलाई छानेर दिनमा २–३ पटक कुल्ला गर्नाले मुखभित्रको छाला जाने समस्यामा केहि राहत मिल्छ ।

उल्टी : कसै कसैलाई यात्राको समयमा उल्टी हुने समस्या हुन्छ । यदी यस्तो समस्या छ भने १ चम्चा धनियाँ, २ चम्चा मिश्री र एउटा अलैचीलाई पीनेर खानाले राहत मिल्छ । यसका साथै गानो, कफ तथा लो ब्लड प्रेशरका समस्या भएकाहरुले पनि यसको सेवन गर्न सक्छन् ।