यदि तपाइ प्याजलाई केवल तरकारीको रुपमा मात्रै लिनुहुन्छ भने जानि राख्नुहोस प्याज तरकारीको रुपमा मात्रै हैन औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कतिपय रोगका लागि यो अचुक औषधि हो । यसलाई सहिसमयमा सहि तरिकाले प्रयोग गर्न जाने धेरै फाइदाजनक छ प्याज । आउनुहोस जानौ प्याजका केहि फाइदा हरु ।

१. गर्मि मौसममा लु लाग्ने डर हुन्छ । यदि तपाइ काँचो प्याज वा प्याजको रस खानुहुन्छ भने तपाँइलाई लु लाग्ने सम्भावना कम हुन्छ ।

२. कपाल झर्ने समस्याले धेरैलाई सताएको हुन्छ । यस्तो अवस्थामा प्याजको रस निकै उपयोगि हुन्छ । प्याजको रस लगाउनाले कपाल झर्ने समस्यामा कमि आउनुका साथै कपाल चम्किलो पनि हुन्छ ।

३. यति तपाइलाई पिसाब रोकिने समस्या छ भने पनि प्याज फाइदाजनक हुन्छ । यसको रस पिउनाले पिसाब रोकिने समस्यामा कमि आउनुका साथै पेटका अन्य रोगहरुमा पनि फाइदा दिन्छ ।

४. प्याजको लेयर गरम हुन्छ, यसले चिसोका कारण हुने समस्या कम गर्न मद्दत पुर्याउछ । चिसोका कारण नाक बन्द भएको छ भने पनि प्याज उपयोगि मानिन्छ ।

५. प्याज कुनै बुटि भन्दा कम मानिदैन,धेरै प्रकारका रोगमा उपयोगि हुनेहुनाले यसले आयु बढाउँछ ।

६. हरेक प्रकारको पत्थरिको समस्यामा प्याजको रस पिउनु लाभदायक मानिन्छ ।

७. यदि तपाइलाई जोर्नि दुख्ने समस्या छ भने प्याजको रसले मालिश गर्दा लाभ मिल्छ ।

एजेन्सी